१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार २१:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नवनिर्वाचित प्रदेश सभा सदस्य भण्डारीले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार २१:o२:oo

बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेशका सभामुख भीमबहादुर भण्डारीले उनलाई बिहीबार प्रदेश सभा सचिवालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

गत वैशाखमा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार भण्डारी ११ हजार ६१२ मत ल्याएर निर्वाचित भएका थिए। निर्वाचनमा उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत पाएका थिए।

२०७९ को निर्वाचनमा बझाङको प्रदेश सभा १ मा नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो। कांग्रेसले स्वर्गीय सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाएको थियो।

उपनिर्वाचनमा जित हासिल गरेपछि प्रदेश सभामा एमालेका ११ जना प्रदेश सभा सदस्य भएका छन्। नेकपा माओवादी केन्द्रका पनि सभामुखसहित ११ सदस्य छन्।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका सबैभन्दा बढी १८ सदस्य छन्। त्यस्तै, नागरिक उन्मुक्तिका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र निर्वाचित सदस्य छन्।   

ad
ad