आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम १ जेठमा संसदमा प्रस्तुत गर्ने भएको छ।
सभामुख र दलका सचेतकहरूसँग बिहीबार सिंहदरबार भएको छलफलमा अर्थमन्त्री वर्षमान पुनले १ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी गराएका थिए।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसद्को संयुक्त सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नीति तथा कार्यक्रम प्रस्तुतिका लागि अर्थमन्त्रीबाट मौखिक जानकारी आएको र अब सचिवालयले आवश्यक तयारी थाल्ने बताए।