१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ पौष २३ शुक्रबार १४:१४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार नाघ्यो

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ पौष २३ शुक्रबार १४:१४:००

भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार एक सय संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार संक्रमित भएका छन्। 

हाल यहाँ तीन हजार सातजना ओमिक्रोनका संक्रमित रहेका मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। ओमिक्रोनका ती संक्रमितहरूमा एक हजार एक सय ९९ जना भने निको भइसकेका जनाइएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ७१ हजार तीन ६३ रहेकाे छ।