Skip This
मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १o:१४:oo

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ सुविधालाई अझ सुदृढ तथा परिष्कृत गर्ने उद्देश्यले मोको डिजिटल वालेटसँग सहकार्य सुरु गरेको छ । मोको विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको कार्डका लागि साझा केन्द्रका रूपमा कार्य गर्दै आएको कम्पनी हो ।   

साझेदारीसँगै मेगा बैंकका खातावालले सीधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेटमा विनाकुनै मौज्दात, विनाकुनै शुल्क सहज रूपमा लोड गरी प्रयोग गर्न सक्ने जनाइएको छ । मोकोमार्फत प्रयोगकर्ताले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड सहज रूपमा लोड गरेर क्युआर कोड स्क्यान गरी रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्ने जनाइएको छ ।

यस सुविधामार्फत ग्राहकले हरेक कारोबारका लागि पटक–पटक मौज्दात लोड गर्नुनपर्ने हुँदा ग्राहकलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । सिइओ खुञ्जेलीका अनुसार अब मेगा बैंकका ग्राहकले मोको डिजिटल वालेटका सेवाहरूको फाइदा उठाउन सक्नेछन् । 

मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट रहेको बैंकले जनाएको छ । यो एपले ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड’ (पिसिआई डिएसएस)को नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुनाले सुरक्षित ब्याक एन्ड प्रणाली भएको बैंकका डिजिटल तथा इ–बैंकिङ प्रमुख विश्व सिंहले जानकारी दिए । 

ad
ad