मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २३ शुक्रबार ०९:३२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भारतले महाकालीमा  पुल निर्माण गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २३ शुक्रबार ०९:३२:००

भारत सरकारले सुदूरपश्चिमको दार्चुला र उत्तराखण्डको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले पुल निर्माण गरिदिने निर्णय गरेको भारत सरकारका प्रवक्ता एवं सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले बताएका छन् । 

बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ठाकुरले भने, ‘हाम्रो क्याबिनेट बैठकले महाकाली नदीमाथि पुल निर्माण गर्ने निर्णय गरेको छ । यसका लागि छिट्टै समझदारीपत्रमा हस्ताक्षर हुनेछ । यसले उत्तराखण्ड र नेपालमा बसोबास गर्ने आममानिसका लागि फाइदा दिनेछ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने तयारी थियो । तर, गुजरात सम्मेलन स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि रोकिएको छ ।

यद्यपि उपयुक्त समयमा पुल निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने दुवै सरकारको तयारी छ । बुधबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले पनि भारतीय सहयोगमा पुल निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।