१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २१ बुधबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालय शिक्षामा सुधारको आवश्यकता : राष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २१ बुधबार १६:२८:००

राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताएकी छिन्। बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरूसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले आजको आवश्यकता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको उनले बताइन्। 

उनले युवायुवतीबीच हुने अपहरण, बलात्कारजस्ता विकृतिलाई समाजबाट न्यूनीकरण गर्न सामाजिक संघसंस्थाहरूको ठूलो भूमिका रहेकाले सामाजिक संस्थाहरूले सरकारसँग मिलेर समाजका विकृति, विसंगतिहरू समाधान गर्नुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले बालबालिकाहरुले सर्वांगीण विकास पाउन र सकुशल अगाडि बढ्न शिक्षामा अग्रगामी कदम चाल्न आवश्यक रहेको धारणा राखिन्। 

कतिपय सरकारी विद्यालयहरूमा पूर्वाधारहरू कमजोर रहेको र गुणस्तर, शिक्षक र शिक्षकहरूको वृत्ति र तालिमको समस्या रहेकोले त्यसलाई समाधान गर्दै लैजानुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले विद्यालयमा सुशिक्षा दिएमा मात्रै विकृतिका चाङहरूमा न्यूनीकरण गर्न सकिने दाबी गरिन्। 

राष्ट्रपति भण्डारीले समाजमा विकृति र विसंगति नहोस् भन्नको लागि आफ्नो ठाउँबाट नै परिवर्तन गर्नुपर्ने बताइन् । उनले पश्चिममा छाउपडीको समस्याले विभिन्न दुर्घटनाहरू निम्त्याइरहेको भन्दै यसको समाधान गर्न सबैभन्दा पहिला आफ्नो दिमागको छाउपडीको गोठ भत्काउन आवश्यक रहेको बताइन्। राष्ट्रपति भण्डारीले कतिपय ठाउँमा छाउपडीकै कारण महिलाहरूमाथि आपराधिक घटनाहरू भइरहेकाले दिमागमा जरो गाडेर बसेको छाउगोठ भत्काएपछि मात्रै छाउपडी प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरिन्।