१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o९:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले अटिजमसम्बन्धी विद्यालय खोल्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:३९:oo

काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकालाई लक्षित गर्दै यससम्बन्धी विद्यालय खोल्ने तयारी गरेको छ । गत आइतबार महानगरका मेयर बालेन्द्र साहको संयोजकत्वमा बसेको महानगरको शिक्षा समिति बैठकले महानगरकै लगानीमा अटिजमसम्बन्धी विद्यालय खोल्ने निर्णय गरेको हो । 

विद्यालय सञ्चालनका लागि अध्ययन गर्न सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिले विद्यालय खोल्ने क्षेत्र, पाठ्यसामग्री, लगानीलगायत विवरण समेटिएको प्रतिवेदन १५ दिनभित्र पेस गर्नेछ ।

सम्भवतः एक वर्षभित्र विद्यालय सञ्चालनमा ल्याउने गरी काम गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार सबै उमेर समूहका गरी महानगरभित्र करिब दुई सयजना अटिजम अर्थात् स्नायु विकाससम्बन्धी समस्या भएका व्यक्ति छन् । महानगरले सबै उमेर समूहका व्यक्तिहरूलाई सो विद्यालयमा पठनपाठन गराउनेछ । 

ad
ad