१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस जिल्ला सभापतिलाई धम्क्याएको आरोपमा एसपी पाण्डे निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:५७:oo

कांग्रेसका सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोपमा प्रहरी प्रधान कार्यालयले एसपी हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ। प्रहरीको व्यावसायिक आचरणविपरीत काम गरेको भन्दै उनलाई मंगलबार निलम्बन गरिएको हो।

पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए । गत आइतबार पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिराहाबाट प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको थियो। उनको ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एसपी पाण्डेलाई असारमा सिराहा सरुवा गरिएको थियो।

एसपी पाण्डेले उक्त आरोप अस्वीकार गर्दै आइरहेका छन्। उनले आफ्नो सरुवा नियोजित रूपमा भएको बताएका छन्। एसपी पाण्डेले आफूमाथि सिके राउत तथा सिराहाका अन्य नेताहरूको ‘थ्रेट’ रहेको बताए।

उनले नयाँ पत्रिकासँग भने, ‘मलाई सरुवा गर्नुभएछ, धन्यवाद छ है’ भनेको थिएँ, त्यसबाहेक बाँकी कुरा भएन, म १९ गते नै काठमाडौं आएको हुँ।’ उनले नेताका कार्यकर्ता माथि मुद्दा चलाएपछि उनीहरू आफूसित आक्रोशित बनेको बताए ।

याे पनि पढ्नुहाेस् : कांग्रेस सभापतिलाई एसपी पाण्डेले घरमै पुगेर दिए ज्यान मार्ने धम्की

ad
ad