१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लागुऔषधसहित रुपन्देहीबाट चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२६:oo

रुपन्देहीमा लागुऔषधसहित चारजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार इलाका प्रहरी कार्यालय बुटबल र प्रहरी चौकी खैरेनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुटवल र देवदह क्षेत्रबाट लागुऔषधसहित चारजनालाई पक्राउ गरेको हो।

देवदह–२ ढेकार श्रीचोकमा लु ५५ प २२०५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ओमसतिया–६ का बर्मानन्ध धरिकारको जिन्स पाइन्टको खल्तीमा लुकाइछिपाई राखेको अवस्थामा २१ पुरिया (७ ग्राम ५४० मिलिग्राम) ब्राउनसुगर फेला परेको  प्रहरीले जनाएको छ। धरिकारसहित भारत महाराजगन्जका अर्जुन सहानी पक्राउ परेका छन्।

यस्तै, वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–९ इँट्टाभट्टीबाट कास्कीको पोखरा महानगरपालिका–१३ का शरण गुरुङ र युगेन गुरुङ पक्राउ परेका छन्। उनीहरूले लागुऔषध बिक्री वितरण तथा सेवन गरेको विशेष सूचनाका आधारमा निजहरू बसेको कोठा खानतलासी गर्दा डाइजेपाम–४५ एम्पुल, नुफिन ४५ एम्पुल, फेनारगन ४५ एम्पुल र दुई थान मोबाइलसमेत बरामद गरेको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

ad
ad