मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष १७ शनिबार ०९:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेमौसमी वर्षाले रुपन्देहीमा ८ करोड मुल्य बराबरको काचो ईट्टा नष्ट 

Read Time : < 1 मिनेट
२०७८ पौष १७ शनिबार ०९:३०:००

बेमौसमी वर्षाले रुपन्देहीमा रहेका ईट्टा व्यवसायहरुको करिब ८ करोड मुल्य बराबरका काचो ईट्टा नष्ट भएको छ । बुधबार भएको वर्षाका कारण रुपन्देही जिल्लामा मात्रै करिब सवा ३ करोड काँचो ईट्टा गलेर नष्ट भएको ईटा व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताए ।

काँचो ईट्टाको बिमा नहुदा जिल्लाका ४७ बढी ईट्टा व्यवसायी मर्कामा परेको उनले बताए । बिमाकै कारण व्यवसायीहरु वर्षेनी करोडौंको नोक्सान व्यहोरीरहेकाले बिमाको सुविधा माग गरेका छन् । 

ईट्टा तयार गरी भट्टीमा पोल्न तयारी गरिएको अवस्थामा अचानक पानी पर्दा  करिब तीन करोड २५ लाख बढी काँचो ईट्टा गलेर नष्ट भएको हो । जिल्ला भरीमा प्राप्त तथ्यांक अनुसार करिब सवा ३ करोड गोटा काँचो ईँट्टा नष्ट भएको उनको भनाई छ । 

जिल्लामा रहेको कुल ५० वटा उद्योग मध्ये संचालनमा रहेका ४७ उद्योगमा कुल ३ करोड २५ लाख गोटा काँचो ईट्टा गलेर नष्ट हुँदा व्यवसायीले ८ करोड १२ लाख बढी रुपैयाँको नोक्सानी भएको दाबी गरेका छन् ।