१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार २o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:५७:oo

जिल्ला अदालत काठमाडौंले सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। 

न्यायाधीश राजकुमार कोइरालाको एकल इजलासले बुधबार तामाङलाई थुनामा पठाउने आदेश दिएको हो। सिभिल सहकारीले निक्षेपकर्तामाथि गरेको आर्थिक ठगीको आरोपमा तामाङसहित ४२ जनाविरुद्ध मंसिर १७ गते जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

उनीहरूविरुद्ध ठगी र संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० दिनको अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा पेस गरेको थियो।

ad
ad