Skip This
मुगुमा भारी हिमपात, जनजीवन कष्टकर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मुगुमा भारी हिमपात, जनजीवन कष्टकर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १६:२५:oo

हिमाली जिल्ला मुगुमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । मंगलबार रातिदेखिको लगातारको वर्षासँगै हिमपात भएको हो । 

उच्च हिमाली क्षेत्राम बाक्लो हिउँ परेको छ भने तल्लो भेगमा वर्षा भइरहेको छ । जिल्लाको पूर्वी भेग मुगुम कार्मारोङ गाउँपालिकाका सबैजसो बस्तीमा बाक्लो हिमपात भइरहेको मुगुम कार्मारोङ गाउपालिका– ८ मांग्री गाउँका छेवाङ तोर्चे लामाले बताए । 

छायानाथ रारा नगरपालिकाअन्तर्गतका रारा, मुर्मा, झ्यारी, टोप्ला, पिना, कोटिल्ला, रोबा, घट्टेलेक, चराप, झाकोट, थार्प, बाम लुमलगायतका बस्तीमा बाक्लो हिउँ परेको छ । 

कार्मारोङ गाउँपालिकाको मुगु, डोल्फु, चितै, किम्री, ताखा, खारी, कात्ती, दाउरा, सेरोग, रिउस, चिमात, पापु, पुअ, पुलुलगायत बस्तीमा भारी हिमपात भएको छ ।
त्यस्तै खत्याड गाउँपालिकाको खमाले, कोटिल्ला, कवा, चाकपाडे, निगालीबोट, साटबाडा, जम्फै, जोगीलेख, बाउपानी, सेरी, श्रीकोट, रोल सैन, जिउका, हिगोटी, नखर्जी, जामिर, कर्खा, गम्था, लाम्रु, पन्सेरीलगायतका गाउँमा हिउँ जमेको छ ।

सोरु गाउँपालिकाको नेर, सोरुकोट, धैन, कालै, खनाया, सिड्डी, सिरुपाटा, बन्जा, पुरुमुरु, जिमालगायतका गाउँबस्ती र लेकतिर पनि हिमपात भएको छ । जिल्लाको न्यूनतम तापक्रम माइनस १३ डिग्रीसम्म पुगेको छ ।

हिमपातले बाली सप्रने भन्दै किसान भने खुसी भएका छन् । हिउँ परेपछि गहुँ, जौलगायतका अन्नबाली छर्न सजिलो हुने किसानहरू बताउँछन् । 

ad
ad