१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

१३ हजार प्रावि शिक्षक माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:३९:oo

 शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षक माग गरेको छ । मंगलबार बसेको आयोगको बैठकले ठूलो संख्यामा शिक्षकको विज्ञापन गरी स्थायी नियुक्तिको तयारी गरेको हो । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आयोग बैठकले प्राथमिक तहमा १३ हजार ९३ शिक्षक माग गर्ने निर्णय गरेको जानकारी दिए । 

आयोगले बुधबार समावेशी रूपमा विज्ञापन गर्दै छ । प्राथमिक शिक्षकका लागि खुलामा सात हजार दुई सय तीन, महिला एक हजार आठ सय ५४, दलित महिला ६०, मुस्लिम महिला ३० जना माग गर्ने निर्णय गरेको छ । त्यसैगरी, आदिवासी जनजाति एक हजार पाँच सय ९०, मधेसी एक हजार दुई सय ९८, दलित पाँच सय ३०, अपांगता भएका दुई सय ९३ र पिछडिएको क्षेत्रबाट दुई सय ३४ शिक्षक माग गर्ने निर्णय गरेको छ । आयोगले केही समयअघि निमावि तहको दुई हजार पाँच सय ९८ शिक्षकका लागि विज्ञापन गरेको थियो । 

ad
ad