१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

उज्वेकिस्तानलाई  हराउँदै नेपाल फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:४४:oo

साबिक विजेता नेपाली महिला भलिबल टोली एसियन सिनियर सेन्ट्रल जोन च्यालेन्ज कपअन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । नेपालले बंगलादेशको ढाकामा उज्वेकिस्तानमाथि आइतबार ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो । नेपाल राउन्ड रोविनको एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन सफल भएको हो । 

नेपाली महिला टोलीको यो लगातार चौथो जित हो । नेपालले चार खेलबाट सर्वाधिक ११ अंक जोड्दै शीर्ष स्थानमा कब्जासमेत जमाएको छ । चौथो खेलमा नेपालले उज्वेकिस्तानमाथि २५–२०, २५–२३ र २५–१४ को जित निकाल्यो । यसअघि नेपालले पहिलो खेलमा जित निकाल्न कडा मिहिनेत गर्नुपरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो । दोस्रो खेलमा माल्दिभ्सलाई ३–० ले निराश पारेको नेपालले तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हरायो । प्रतियोगितामा महिलातर्फ उज्वेकिस्तान नौ अंकका साथ तेस्र्रो स्थानमा छ । नेपालसँग मात्र पराजित भएको उज्वेकिस्तानको पनि अन्तिम दुईमा पुग्ने सम्भावना छ । 

उज्वेकिस्तानले सोमबार श्रीलंकासँग खेल्दै छ । यो खेलमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । श्रीलंका १० अंकका साथ दोस्रो स्थानमा रहेको छ । किर्गिस्तानको ६ अंक छ । आयोजक बंगलादेश र माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन ।महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्र सहभागी छन् । राउन्ड रोविनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

पुरुष टोलीको दोस्रो जित 
प्रतियोगिताअन्तर्गत नेपाली पुरुष टोलीले दोस्रो जित निकालेको छ । नेपालको पुरुष टोलीले आइतबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै दोस्रो जित निकालेको हो । नेपाल २७–२५, २५–१९ र २५–२३ ले विजयी भयो । खेलमा नेपालका मानबहादुर श्रेष्ठ प्लेयर अफ दी म्याच चुनिए । जितसँगै नेपालले चार खेलमा ६ अंक जोडेको छ । नेपाल फाइनलमा पुग्ने सम्भावना कायम रहेको छ । माल्दिभ्स अंकविहीन रहेको छ । यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–० को सेटमा पराजित भएको थियो । दोस्रो खेलमा साबिक उपविजेतामाथि नेपालले उज्वेकिस्तानलाई ३–१ को सानदार जित निकालेको थियो । नेपालले तेस्रो खेलमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको थियो । 

ad
ad