१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कालीकोटमा संगठन विस्तार गर्दै एकीकृत समाजवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:५९:oo

कालीकोट जिल्लामा नेकपा (एकीकृत समाजवादी)ले संगठन विस्तार गर्न अभियान सञ्चालन गरेको छ। जिल्लाका नौवटै स्थानीय तहका ८२ वटा वडामा एकीकृत समाजवादीले संगठन विस्तार तथा प्रशिक्षण अभियान सञ्चालन गरेको हो।

कालीकोटका नौवटै स्थानीय तहमा संगठन निर्माण गरिएको र जिल्लाका ८२ वडामध्ये ७१ वडा कमिटी गठन गरिएको पार्टीका जिल्ला अध्यक्ष विश्वराज बमले जानकारी दिए। ‘बाँकी रहेका ११ वटा वडा कमिटी पुस मसान्तसम्म गठन गरिसक्ने योजना छ,’ उनले भने, ‘नौवटै स्थानीय तहमा यसअघि नै पालिकास्तरीय कमिटी निर्माण भइसेका छन्।’

एकीकृत समाजवादीको देशभर संगठन विस्तार तथा प्रशिक्षण अभियानअन्तर्गत कालीकोटमा पनि संगठन विस्तार अभियानलाई तीव्रता दिइएको अध्यक्ष बमले बताए। कालीकोटको प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा श्रीबहादुर शाहीको अध्यक्षतामा ३५ सदस्यीय र (ख)मा अग्रबहादुर बोगटीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश सभा निर्वाचन क्षेत्र कमिटी गठन गरिएको छ।

बमका अनुसार खाँडाचक्र नगरपालिकामा कृष्ण मल्लको अध्यक्षतामा ७५ सदस्यीय, रास्काेट नगरपालिकामा राजेन्द्रनाथ योगीको अध्यक्षतामा ८५ सदस्यीय, तिलागुफा नगरपालिकामा पूर्णबहादुर शाहीको अध्यक्षतामा ७५ सदस्यीय, नरहरिनाथ गाउँपालिकामा गंगाबहादुर बुढाको अध्यक्षतामा ७५ सदस्यीय, सान्नि त्रिवेणी गाउँपालिकामा यज्ञराज शाहीकाे अध्यक्षतामा ६५ सदस्यीय, पचालझरना गाउँपालिकामा पौरख विक (दंगली)को अध्यक्षतामा ६५ सदस्यीय, पलाँता गाउँपालिकामा छत्रबहादुर बमको अध्यक्षतामा ६५ सदस्यीय, शुभकालिका गाउँपालिकामा रेशम आचार्यको अध्यक्षतामा ८५ सदस्यीय र महाबै गाउँपालिकामा दर्शन शाहीको अध्यक्षतामा ७५ सदस्यीय पालिकास्तरीय कमिटी गठन गरिएको छ।

यसैगरी, २८ वटा विभिन्न विभाग गठन गरिएको र ९५ वटा टोल कमिटी गठन गरिएको अध्यक्ष बमले जानकारी दिए।

ad
ad