१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अवैध सम्पत्ति जफत गरे एमसिसी ल्याउनैपर्दैन : लिङ्देन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:३९:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सबै अवैध सम्पत्ति जफत गरे एमसिसी परियोजना ल्याउनै नपर्ने बताएका छन् । बिहीबार तुलसीपुरमा भएको आमसभामा उनले एमसिसीले दिनेभन्दा बढी पैसा देशका लुटेराहरूसँग रहेको दाबी गरे ।

‘०४६ सालपछिका सबै उच्च नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत हुनुपर्‍यो,’ उनले भने, ‘त्यसो गर्ने हो भने एमसिसी ल्याउनै पर्दैन ।’ मुलुक इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गर्दै उनले स्वाभिमान र पहिचानसमेत हराउने स्थितिमा पुगेको जिकिर गरे । ‘देश सामान्यझैँ लाग्छ । गोली चलेका छैनन् । मान्छे मारामार छैन । विदेशी हस्तक्षेप छ भने विदेशी सेनाहरू आएका छैनन् । सबै ठीकठाकजस्तो देखिन्छ । तर, देश इतिहासकै सबैभन्दा कमजोर अवस्थामा छ । आफ्नोपन हराएको छ । स्वाभिमान, पहिचान हराउने स्थितिमा पुग्दै छ,’ उनले भने ।

उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले परिवर्तन गर्न आवश्यक रहेको बताए । ‘गरिबको छोरोसँग देश बनाउने जस्तोसुकै योजना भए पनि निर्वाचन जित्न सक्ने अवस्था छैन,’ उनले भने, ‘करोडौँ खर्च गर्नुपर्ने । किनेर सांसद, मन्त्री बन्नुपर्ने अवस्था छ, त्यस्तो व्यक्तिले देश नलुटेर के गर्छ ?’ यो व्यवस्था परिवर्तन गरी राष्ट्रप्रमुखको रूपमा राजसंस्था ल्याउनुपर्ने उनको भनाइ थियो । 

ad
ad