१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ८ बिहीबार १७:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विधिको शासन र कानुनी राज्य लोकतन्त्रको आधारशिला हो : प्रधानमन्त्री देउवा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ८ बिहीबार १७:०२:००

प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन र कानुनी राज्य लोकतन्त्रको आधारशिला भएको उल्लेख गरेका छन्। महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘विधिको शासन र कानुनी राज्य लोकतन्त्रको आधारशिला हो। सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले यसमा महत्त्वपूर्ण भूमिका खेलेको छ,’ प्रधानमन्त्री देउवाले भने।

कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा उपस्थित भएनन्। नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतबाटै जबराको राजीनामाको माग भइरहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले आफ्नो स्थापना दिवसमा यस वर्ष प्रधानन्यायाधीश जबरालाई आमन्त्रण गरेको थिएन।