मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष ६ मंगलबार
  • Thursday, 10 July, 2025
२o७८ पौष ६ मंगलबार १४:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् अवरोध गरेर एमालेले संविधान, सर्वोच्च अदालत र निर्वाचन आयोगको अपमान गर्‍याे : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ६ मंगलबार १४:३४:oo

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेले संसद् अवरोध गरेर संविधान, सर्वोच्च अदालत र निर्वाचन आयोगको अपमान गरेको टिप्पणी गरेका छन्। मंगलबार पोखरामा पार्टीको प्रदेशस्तरीय बृहत् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुख अग्निप्रसाद सापकोटाले संविधानको मर्म, संसदीय मूल्यमान्यता र नियमसम्मत काम गरेको बताए।

‘नेपालको संविधान, निर्वाचन आयोगको निर्णय र सर्वोच्चको आदेशविपरीत एमालेले संसद् अवरुद्ध गर्ने काम गरेको छ,’ उनले भने, ‘अझै ओली र उनका मान्छेहरूले संसदमा उभिएर संवैधानिक सर्वोच्चता कायम गर भनिरहेका छन्। उनीहरू आफैँ संविधानको बर्खिलाप जान्छन्। निर्वाचन आयोगको निर्णयको बर्खिलाप जान्छन् अनि भन्छन्– संवैधानिक सर्वोच्चता कायम गर ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सभामुखलाई एमालेसँग नडराउनसमेत आग्रह गरेका छन्। ‘एमालेसँग डराउनुपर्दैन। यहीँबाट भन्न चाहन्छु– सभामुखज्यू तपाईं दृढतापूर्वक उभिनुस् । हामी तपाईंको साथमा छौँ,’ उनले भने।

कांग्रेसको महाधिवेशनमा आफूसँग ओलीले मञ्च सेयर गरेको प्रसंग उल्लेख गर्दै नेपालले संसदमा आफ्नो उपस्थितिले गडबडी गर्न नपाएको रिस ओलीले फेर्ने गरेको टिप्पणी गरे। ‘मलाई देख्यो भने केपी ओली र उनको प्रवत्तिको सातो जान्छ। त्यही भएर संसदमा मेरो उपस्थिति अनिवार्य छ। नत्र माधव नेपाल भाग्यो भन्न बेर लाउँदैनन्। विभिन्न चलखेल गर्छन्,’ उनले भने, ‘उनको सातो गइरहनुपर्छ। जनताको सातो जानुहुँदैन। ओली र उनका प्रवृत्तिको सातो गएर केही हुन्न।’