Skip This
एनएमबि बैंकको अगुवाइमा दुई  जलविद्युत् आयोजनामा लगानी हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकको अगुवाइमा दुई  जलविद्युत् आयोजनामा लगानी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:o४:oo

एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमशः सुपर काबेली खोला–ए जलविद्युत् आयोजना तथा सुपर काबेली खोला क्यास्केड जलविद्युत् आयोजनाहरूमा हुने लगानीको अगुवाइ गर्ने भएको छ । 

प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरीजंघा गाउँपालिकामा निर्माण भइरहेको सुपर काबेली खोला–ए जलविद्युत् आयोजना तथा सुपर काबेली खोला क्यास्केड जलविद्युत् आयोजनाहरू क्रमशः स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिद्वारा निर्माण भइरहेको आयोजनामा लगानी गर्ने भएको हो ।

यी आयोजनाहरूमा एनएमबि बैंक लिमिटेड अगुवा बैंक रहेको तथा सहवित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको जनाइएको छ ।१३.५ मेगावाट (सुपर काबेली खोला–ए जलविद्युत् आयोजना) तथा १२ मेगावाट (सुपर काबेली खोला क्यास्केड जलविद्युत् आयोजना) क्षमता भएको आयोजनाहरूको कुल लागत क्रमशः दुई अर्ब ४१ करोड रुपैयाँ तथा दुई अर्ब १४ करोड रुपैयाँ रहेको जनाइएको छ ।

जसमध्ये बैंकहरूको लगानी क्रमशः एक अर्ब ८९ करोड रुपैयाँ तथा एक अर्ब ६७ करोड रुपैयाँ रहने जानकारी गराइएको छ । यो आयोजनासमेत एनएमबि बैंक लिमिटेडले कुल ४३ वटा जलविद्युत् आयोजनाहरूमा लगानी गरिसकेको जनाएको छ ।  बैंकले हाल देशभरि दुई सय एक शाखा, एक सय ३८ वटा एटिएम तथा नौवटा एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

ad
ad