१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १७:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

ए डिभिजन लिग : आर्मीले सातदोबाटोलाई बराबरीमा रोक्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १७:३o:oo

त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी खेलेको हो। एएफसी कपमा छनोट खेल जित्नैपर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीलाई बराबरीले धक्का लागेको छ। सातौँ चरणको खेलसम्मको लिगबाट क्लब लाइसेन्स प्राप्त गरेको टोलीले एएफसी खेल्न पाउने प्रावधान रहेको अवस्थामा आर्मीलाई बराबरीमा नतिजाले धक्का लागेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भने विभागीय टोलीको क्लब आर्मीले सुरुवाती अग्रता निकालेको थियो । १०औँ मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो। त्यस्तै, आर्मीविरुद्ध प्रशंसनीय खेल प्रदर्शन गरेको सातदोबाटोले आर्मीको अग्रतालाई धेरै समय टिक्न दिएन। ६ मिनेटपछि नै सातदोेबाटोका अजयी मार्टिन्सले १६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा अवस्थामा ल्याएका थिए। त्यसपछि अग्रता आर्मीले पहिलो हाफमा निकै संघर्ष गरे पनि सफल हुन सकेन। यस्तै, सातदोबाटोले पनि केही राम्रा अवसर सदुपयोग गर्न चुक्यो।

एक/एक गोलको बराबरीमा सकिएको पहिलो हाफपछि आर्मीले दोस्रो हाफमा पनि आक्रामक खेल देखायो। तर आर्मीका प्रयास विफल भए। आर्मीका सन्तोष तामाङले ५५औँ मिनेटमा गरेको प्रहार माथिल्लो बारबाट बाहिरिएको थियो। ७५औँ मिनेटमा पनि सन्तोषको भली सटले पोस्टको दिशा लिन सकेन। सातदोबाटोका सेट पिसका अवसर पनि सदुपयोग हुन सकेनन्। बाँकी समयमा दुवै टोलीले गोलका लागि प्रयास गरिरहे पनि सफल हुन सकेनन् र खेल बराबरीमा सकियो।

बराबरीसँगै ५ खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ। दुई अंक गुमाएको आर्मी केही घण्टाका लागि भए पनि शीर्ष स्थानमा उक्लिन बन्चित बन्यो। यता बराबरीपछि सातदोबाटो ८ अंकसहित चौथो स्थानमा छ। अघिल्लो खेलमा एनआरटीसँग पराजित भएको सातदोबाटो बलियो आर्मीसँग अंक खोस्दै नवप्रवेशी पनि बलियो टोलीको रूपमा प्रमाणित गरेको छ। यसअघि सातदोबाटोले उपाधि दाबेदार थ्री स्टारलाई हराउन सफल भएको थियो। 

 

ad
ad