Skip This
दुर्घटनामा सप्तरीका एकै परिवारका तीनजनाको मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १४:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुर्घटनामा सप्तरीका एकै परिवारका तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १४:१३:oo

सिराहाको लहान नगरपालिका– ३ स्थित लहान–ठाडी सडकखण्डमा सवारी दुर्घटना हुँदा सप्तरीका एकै परिवारको तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स.१ क २६१ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।

बिहीबार दिउँसो भएको दुर्घटनामा बलान विहुल गाउँपालिका– २ दिघियाका ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र आठ वर्षीय नाति अभिषेक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले बताए। उनका अनुसार दुर्घटनामा एकजना बच्चा घाइते छन् । टिपर र चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad