१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:४८:oo

कांग्रेसको नेतृत्व चयन गर्न सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट चुनिएका चार हजार ७४३ मतदाताले नेतृत्व छान्न मतदानमा भाग लिँदै छन् ।

निर्वाचनमा २९ प्रकारका मतपत्र व्यवस्था गरिएको छ । मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गरिनेछ । तीन स्थानमा मतदान केन्द्र र एक हजार एक सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

राष्ट्रिय सभागृहमा राखिएका २९३ बुथबाट केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ÷शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् । त्यस्तै भृकुटीमण्डप प्रांगणमा राखिएका २९३ बुथबाट प्रदेश २ र गण्डकी प्रदेशका प्रतिनिधि र भृकुटीमण्डपको हलमा राखिएका ५१४ बुथबाट प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । 

ad
ad