Skip This
कांग्रेस महाधिवेशनको भिडले बढ्यो जाम, प्रदर्शनीमार्गमा सवारी प्रवेशमा रोक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार १२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशनको भिडले बढ्यो जाम, प्रदर्शनीमार्गमा सवारी प्रवेशमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १२:४५:oo

नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरु भएको छ। देशभरबाट महाधिवेशनमा आएका नेता, कार्यकर्ताका कारण उपत्यकाका सडकमा चाप अत्यधिक बढेको छ। अहिले माइतीघर, सिंहदरबार, सुन्धारा, रत्नपार्क, बागबजार, पुतली सडकलगायतका ठाउँमा सवारी जाम बढेको छ। महाधिवेशनका लागि कांग्रेस कार्यकर्ता, पदाधिकारी र नेताहरूको आवतजावत बढेकाले ट्राफिक जाम बढेको हो।

उद्घाटनको दिन कांग्रेस नेता कार्यकर्ताको ओहोरदोहोर बढ्ने भएकाले सडकमा जाम बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले माइतीघर–बागबजार, माइतीघर–सुन्धारा, पुतलीसडक, रत्नपार्क क्षेत्रमा ट्राफिक जाम बढेको छ। महाधिवेशन अवधिभर ट्राफिक प्रहरी महाशाखाले प्रदर्शनीमार्ग क्षेत्रको सडक बन्द गरेको छ। भृकुटीमण्डप वरिपरिको सडकमा पनि ट्राफिक जाम बढेपछि यात्रु ओराल्न वा झार्नका लागि सवारीसाधन रोक्न निषेध गरिएको छ।

महाशाखाका प्रवक्ता सञ्जीवदास शर्माले भृकुटीमण्डप वरिपरिको सडकमा ट्राफिक नियम कडा पारिएको बताए। उनले भृकुटीमण्डप क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाइएको जानकारी दिए। कांग्रेस कार्यकता तथा नेताहरूको सवारीसाधन पार्किङ खुल्ला मञ्चमा गरिएको छ। महाधिवेशन अवधिभर जाम हुने भएकाले भद्रकाली, सहिदगेट, सुन्धारा, रत्नपार्कलगायत क्षेत्रमा बस तथा ठूला सवारीसाधन रोक्न दिइएको छैन।

ad
ad