Skip This
आज रामजानकी विवाह महोत्सव : मिथिलाञ्चल झकिझकाउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o६:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

आज रामजानकी विवाह महोत्सव : मिथिलाञ्चल झकिझकाउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:२४:oo

खुब खाउ यौ दुलहा, खुब मोटाउ यौ दुलहा ।
अप्पन चोकटल चोकटल गालके फुलाउ यौ दुलहा ।।

केही दिनदेखि यस्तै मैथिली लोकगीतले मिथिलाञ्चल क्षेत्र गुञ्जिरहेको छ । प्रत्येक वर्ष मंसिर शुक्ल पक्षमा जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा मनाइने रामजानकी विवाहपञ्चमीलाई यस्ता गीतले संगीतमय उत्सव बनाउने गरेको छ । राममजानकी विवाह महोत्सवलाई मिथिला क्षेत्रमा भव्य पर्वको रूपमा मनाइने गरिन्छ । यसकारण रामजानकी विवाहपञ्चमीको एक साताअघिदेखि नै घरघरमा मैथिली लोकसंगीत गुन्जिने गर्छन् । यस वर्ष पनि आज (बुधबार) रामजानकी विवाहपञ्चमी महोत्सव मनाइँदै छ । सीता (जानकी) जनकपुरकी छोरी भएको मान्दै यहाँ रामजानकी विवाह महोत्सवलाई आफ्नै छोरीको विवाह जस्तै गरी उत्साहपूर्वक ढंगले मनाउने गरेको स्थानीयको भनाइ छ । यही कारण केही दिनदेखि मिथिलाञ्चल क्षेत्र बेहुलीझैँ सिँगारिएको छ । 

रामजानकी विवाह महोत्सवको महत्व
विवाह महोत्सवलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ । यस वर्ष पनि १७ देखि २३ मंसिरसम्म यहाँ रामजानकी विवाह महोत्सव मनाइँदै छ । तेत्रयुगमा भारत अयोध्याका राजा दशरथका छोरा पुरुषोत्तम राम र मिथिलाका राजा जनककी छोरी सीताबीच वैवाहिक सम्बन्ध बाँधिएको धार्मिक विश्वास छ । यही कारण प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग शुक्ल पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेला आयोजना हुने गर्छ । सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिवधनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा रामजानकीको शुभविवाह भएको हो ।

जनकपुरधाममा हरेक महिना पूर्णिमाका दिन पनि मेला लाग्छ । यस्तै, चैत शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जयन्ती मनाउँदै रामनवमी मेला र त्यसको एक महिनापछि वैशाख शुक्ल नवमी तिथिमा जानकी नवमी उत्सव मनाइन्छ । श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म पनि झुला महोत्सव तथा फागुन शुक्ल पक्षमा १५ दिने मिथिला पञ्चकोसी परिक्रमा (जनकपुरधामदेखि पाँच कोसको दूरीमा रहेको जानकीको बाललीलासँग सम्बद्ध ठाउँको परिक्रमा तथा उक्त परिक्रमाको अन्त्यमा फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा) हुन्छ ।

यसरी मनाइन्छ विवाह उत्सव
विवाह महोत्सवको अवसरमा राममन्दिरबाट आएको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुग्छ । त्यहाँँ पहिलेदेखि राखिएको जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्तलगायतद्वारा स्वागत गरिन्छ । अभिवादनका साथै राममन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्‍याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरिन्छ । मण्डपबाट महन्थले जानकीजीलाई माला लगाई आरती पूजनपछि स्वयंवर सम्पन्न हुन्छ । 

त्यसपछि राममन्दिरको मण्डपअगाडि राखेर सबै पछिपछि लाग्छन् र जानकी मन्दिर पु¥याएर आरती पूजन गरिन्छ । त्यसपछि राममन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कने गर्छ । त्यसै रात मिथिला परम्पराअनुसार रामचन्द्र र जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट रामकलेवा कार्यक्रम गरी महोत्सव विधिवत् रूपमा सम्पन्न हुन्छ । 

स्वयंवर र विवाह आज 
रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार मटकोर कार्यक्रम सम्पन्न भएको छ । महोत्सवको मुख्य आकर्षण स्वयंवर र विवाह आज (बुधबार) हुँदै छ । स्वयंवर दिउँसो रंगभूमि मैदान बाह्रबिघा र विवाह बुधबार राति हुनेछ । महोत्सवअन्तर्गत यसअघि पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चोथौ दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर सम्पन्न भएको छ । 

प्रदेश २ मा सार्वजनिक बिदा 
प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । संघीय सरकारको सार्वजनिक बिदाबाहेक प्रदेश सरकारले दिने अतिरिक्त बिदाअन्तर्गत प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको हो । महोत्सवलाई भव्य बनाउन तथा सुरक्षा व्यवस्था कडा बनाउन मुख्यमन्त्री लालबाबु राउतले निर्देशन पनि दिएका छन् । उनले कोरोना महामारीबीच विशेष सचेत रहेर महोत्सव मनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । 

ad
ad