१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने आङ्देम्बेको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:५८:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा पत्रकार सम्मेलन गरेर  आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

नेता आङ्देम्बेले पार्टीलाई चुस्त र दुरुस्त बनाउँदै २१औं शताब्दीको पार्टीमा रुपान्तरित गरी २१औँ शताब्दीका युवा उमेर र सोचहरूलाई नेतृत्व गराउन सक्ने पार्टीमा रूपान्तरित गर्न सकिने बताए। त्यस ढंगले पार्टीलाई चलायमान गर्न नेतृत्वको आवश्यकता रहेकाले आफूले उक्त पदमा उम्मेदवारी दिन लागेको उनले जनाए। 

उनले आदिवासी–जनजातिका तर्फबाट उम्मेदवारी दिन लागेका हुन्। कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आफूले पहल गर्ने प्रतिबद्धता गरे।

ad
ad