Skip This
इन्भेष्टमेन्ट बैंकको  लाभांश पारित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार o८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इन्भेष्टमेन्ट बैंकको  लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o८:४४:oo

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश पारित गरेको छ । सभाले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश पारित गरेको हो । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा शुक्रबार ३५औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

कोभिड महामारीलाई मध्यनजर गरी साधारणसभा भर्चुअल रूपमा सम्पन्न गरिएको छ । सभामा गत आवमा भएका बैंकका प्रमुख उपलब्धिहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिका बारेमा छलफल भएको थियो ।

गत वर्ष बैंकले पाँच अर्ब ११ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो भने तीन अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको कुल चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । बैंकका ८८ शाखा, एक सय ३१ एटिएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५८ शाखारहित बैंकिङ काउन्टर पुगेका छन् । 

ad
ad