मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर १६ बिहीबार ०८:०५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

बाँकेमा एचआइभी संक्रमित बढ्दै, पछिल्लो एक बर्षमा ११७ थपिए

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १६ बिहीबार ०८:०५:००

एचआइभीको संक्रमण दर घटे पनि बाँकेमा संक्रमितको संख्या हरेक बर्ष थपिदै गएको छ । पछिल्लो एक वर्षमा मात्र एक सय १७ जना नयाँ एचआइभी संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका एचआइभी/एड्स फोकल पर्सन मानव नेपालीले जानकारी दिए । 

आर्थिक बर्ष ०७४–०७५ मा एक हजार १२ जना संक्रमित रहेकोमा आव ०७७–०७८ मा बढेर एक हजार तीन सय ३४ पुगेको छ । तर, पहिलेको तुलनामा संक्रमण दर घट्दो छ । सन् २०१० को तुलनामा ५३ प्रतिशतले संक्रमण दर घटेको उनले जानकारी दिए । ‘सचेतना र सावधानी अपनाएका कारण संक्रमण दर केहि घटेको तथ्यांक छ,’ उनले भने । उनले बाँकेका पाँच सय १० जना संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेको जानकारी दिए । 

भेरी अस्पतालका फिजिसियन ग्यास्ट्रोलोजिष्ट डा. संकेतकुमार रिसालले एचआइभी संक्रमण दर घटाउन अस्पतालले सुईबाट लागुऔषध सेवन गर्नेलाई मौखिक पद्धतीबाट लागुऔषध दिने गरिएको बताए । उनले भेरी अस्पतालबाट ८० जना लागुऔषध प्रयोगकर्ताले मौखिक पद्धतीबाट लागुऔषध सेवन गर्दै आएको जानकारी दिए । 

एचआइभी संक्रमित गर्भवती महिलाबाट जन्मिने बच्चामा एचआइभी संक्रमण हुन नदिन अस्पतालमा पिएमटीसिटी सेवा लागू गरिएको छ । गर्भ रहेदेखि चिकित्सकको निगरानीमा रहेका ९९ प्रतिशत एचआइभी संक्रमित महिलाले स्वस्थ बच्चा जन्माउने उनको भनाई छ । 

भेरी अस्पतालबाट तीन सय २६ जना संक्रमितले सेवा लिइरहेका छन् ।  संक्रमितले स्वास्थ्य बीमा गरेका कारण उपचारमा सहज भएको छ । चार सय ५२ जना संक्रमितले स्वास्थ्य बीमा गरेकाले निशुल्क सेवा लिइरहेका छन् । 

एएचएफ, नेपालगन्जका प्रमुख संजयकुमार पौडल, जुनकिरी महिला समुहका प्रमुख रविन्द्रसिंह राठौर लगायतले एचआइभीले समाजमा पार्ने समस्याका बारेमा विचार दिएका थिए । १ डिसेम्बरका दिन विश्व एड्स दिवस मनाउने गरिएको छ ।