मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल सुर्खेत
२०७८ मङ्सिर १५ बुधबार १४:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत, राप्रपाकाे पनि समर्थन

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
२०७८ मङ्सिर १५ बुधबार १४:५९:००

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् । प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरे । 

मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्र, (एकीकृत समाजवादी र राप्रपा नेपालको समर्थन रहेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका ६, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका तीन र राप्रपा नेपालका एकजना सांसद रहेका छन् । एमालेको महाधिवेशनका कारण जिल्लाबाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन ।

राप्रपाको पनि समर्थन
पहिलोपटक राप्रपा नेपालले मुख्यमन्त्री शाहीलाई समर्थन दिएको छ । राप्रपा सांसद सोशिला शाहीले कर्णालीका मुख्यमन्त्रीलाई परिणाममुखी काम गर्न समर्थन गरेको बताइन् । ‘हामीले पाँच वर्षसम्मका लागि अघिल्लो सरकारलाई समर्थन गर्न पुग्यौँ । तर, सरकारले परिणाम ल्याउन सकेन । अघिल्लो सरकारजस्तो नहोस् । यो सरकारले परिणाममुखी काम गर्न मुख्यमन्त्रीलाई आग्रह गर्दछु ।’