मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Thursday, 18 September, 2025
२o७८ मङ्सिर १४ मंगलबार १६:४५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मुख्यमन्त्री शाहीद्वारा विश्वासको मतको प्रस्ताव पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार १६:४५:oo

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठकमा प्रस्ताव पेस गरेका छन्। मंगलबार बसेको  प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका हुन्।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। मुख्यमन्त्री शाही तीनदलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री शाहीले विश्वासको मत भने भोलि बुधबारको बैठकमा लिनेछन्। आज प्रमुख प्रतिपक्ष दल एमाले उपस्थित नभएकाले विश्वासको मत भोलि लिने तयारी भएको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।