मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Saturday, 12 July, 2025
२o७८ मङ्सिर १४ मंगलबार १५:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङ कांग्रेसको सभापतिमा सिटौला पक्षका शेरचन निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार १५:४o:oo

नेपाली कांग्रेस बाग्लुङको सभापतिमा जितबहादुर शेरचन निर्वाचित भएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट सभापतिमा शेरचन निर्वाचित भएका हुन्। शेरचनले आठ सय ७३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी जगदीशचन्द्र उपाध्यायले सात सय ६८ मत ल्याएका प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।

शनिबार भएको मतदानमा तीन उम्मेदवारमध्ये कसैले पनि स्पष्ट बहुमत नल्याएपछि शेरचन र उपाध्यायबीच पुनः निर्वाचन भएको हो। शेरचन कृष्ण सिटौला पक्षका नेता हुन्। उनलाई देउवा पक्षका नेताहरूको सहयोग रहेको थियो। उपाध्याय पौडेल पक्षका उम्मेदवार हुन्। पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका उपाध्याय दोस्रो चरणमा भने पराजित भए।

पहिलोपटक कांग्रेसको जिल्ला नेतृत्व पश्चिम बाग्लुङ पुगेको हो। अधिवेशनमा पदाधिकारी र सदस्य पनि अधिकांश पश्चिम बाग्लुङका नेताहरू निर्वाचित भएका छन्। पदाधिकारी र अन्य सदस्य पनि पश्चिम बाग्लुङका  धेरै  निर्वाचित भएका जिल्ला तहका नेता तथा कार्यकर्ता बताउँछन्। 

जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल निर्वाचित भएका छन्। सचिवमा हरिहर शर्मा र गण्डकी थापा अधिकारी, सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा श्रीस निर्वाचित भएका निर्वाचन अधिकृत शर्माले जानकारी दिए। पदाधिकारीमा निर्वाचित सचिव शर्मा र सहसचिव श्रीसबाहेक सबै पश्चिम बाग्लुङका हुन्।