Skip This
जसले ९१ पटक रक्तदान गरे 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १२ आइतबार
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
२o७८ मङ्सिर १२ आइतबार १२:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसले ९१ पटक रक्तदान गरे 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ मङ्सिर १२ आइतबार १२:२५:oo

विराटनगरका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९१औँ पटक रक्त्तदान गरेका छन्।  विराटनगर ट्राफिकचोकमा संगीता मेडिकल हल नामको औषधि पसल सञ्चालन गर्दै आएका हरिमोहनले शनिबार ९१औँपटक रक्त्तदान गरेका हुन्।

विराटनगर कञ्चनबारीस्थित नोबेल शिक्षण अस्पतालमा उपचार गराउन आएकी  झापा बैगुनधुराकी ७९ वर्षीय एक महिलाका लागि ५३  वर्षिय हरिमोहनले १० मंसिरमा रगत दिएसँगै उनको रक्तदानको रेकर्ड ९१ पटक भएको हो। हरिमोहनले १७ वर्षको उमेरदेखि रक्तदान गर्न थालेको बताए। हरिमोहनले ७ भदौमा गाईजात्राको दिन मोटरसाइकल दुर्घटनामा घाइते भएका मोरङ उर्लाबारीका एक युवाका लागि ९०औँपटक रक्तदान गरेका थिए।  

तीन–तीन महिनामा सिकिस्त बिरामीलाई रगत दिँदै आएको रक्तदाता हरिमोहन बताउँछन्। उनले एक सयपटक रक्तदान गर्ने अठोट लिएका छन्। विराटनगरमा डा. केएन ठाकुरले मात्र एक सयपटक भन्दा बढी रक्तदान गरेको रेकर्ड छ।  रक्तदाता घनश्याम राठीले ६२ पटक रक्तदान गरेका छन्। नेपालमा काठमाडौंका प्रेमसागर कर्मचार्यले एक सय ६७ पटक रक्तदान गरिसकेका छन्। हालसम्म अर्जुन मैनालीले दुईपटक रक्तदान गरिसकेका छन्।