१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Wednesday, 02 July, 2025
२o७८ मङ्सिर १० शुक्रबार १५:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालका वाम शक्तिहरू दोषारोपणमा अल्झेकाे जनमोर्चा अध्यक्ष केसीको टिप्पणी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १५:o४:oo

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपालका वाम शक्तिहरू एकले अर्कालाई दोषारोपण गरिरहेका टिप्पणी गरेका छन्। नेकपा एमालेको दशाैँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै केसीले यस्तो बताएका हुन्। 

विश्वमा कम्युनिस्ट आन्दोनल ओझेलमा परिरहेका वेला नेपालको कम्युनिस्ट आन्दोलनमा सबैभन्दा धेरै झगडा रहेको उल्लेख गर्दै उनले एकले अर्कालाई दोषारोपण गर्ने कार्य भइरहेको बताए। उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा हामी नारायणीवारि छौँ, पारिकाले हामीलाई ‘नारायणीपारि’का भन्छन्। त्यसो हुनाले वाम आन्दोलनभित्र ६ सालमा जब यसको स्थापना भयो, अन्तर्विरोध र एकता चल्दै आएको छ।’

जनताले कम्युनिस्ट पार्टीहरूमा अन्तर्विरोध नहोस् भन्ने चाहे पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए। कार्यनीति र रणनीतिका कारण कम्युनिस्ट पार्टीहरूमा विभाजन देखिने गरेको उनले औँल्याए। 

राजनीतिक दलहरूले हालसम्म प्राप्त उपलब्धिलाई आफूहरूको योगदानका रूपमा चित्रण गर्ने गरेको उल्लेख गर्दै उनले पछिल्लो समय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा देखिएको समस्या पनि आफूहरूकै कारण भएको स्विकार्न सक्नुपर्ने सुझाव दिए। जतिसुकै अन्तर्विरोध भए पनि देश र जनताका लागि सबै आन्तरिक शक्ति मिलेर जानुको विकल्प नभएको उनले बताए।