मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ९ बिहीबार १९:२६:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मानवअधिकार चलचित्र महोत्सवमा ‘जुलुंगाे’सहित तीन चलचित्र पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ९ बिहीबार १९:२६:००

‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को नवौँ संस्करण बिहीबार सम्पन्न भएको छ। मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सव चार दिनसम्म भर्चुअल रूपमा सञ्चालन भएको थियो। 

महोत्सवमा नेपाललगायत २४ देशका ४२ चलचित्र प्रदर्शन गरिएको थियो। महोत्सवमा प्रदर्शन भएका तीन विधाका तीन चलचित्रले पुरस्कार जितेका छन्। महोत्सवमा राजेशप्रसाद खत्रीको ‘जुलुंगाे’, मिरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एन्जिला चौधरी र पुष्पा जोशीको ‘ललित’ ले उत्कृष्ट बन्दै पाँच सय अमेरिकी डलर पुरस्कार पाएका छन्।

‘जुलुंगाे’ले फिक्सनतर्फबाट उकृष्ट, ‘नो स्कुल टुडे’ले उत्कृष्ट वृत्तचित्र र महिला फिल्ममेकरतर्फको उत्कृष्ट चलचित्रका रूपमा ‘ललिता’ लाई पुरस्कृत गरिएको हो। महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जितले निर्णायकको भूमिका निर्वाह गरेका थिए। 

महोत्सवको पहिलो दिन गत सोमबार बिहान ७ बजेदेखि छनोट भएका चलचित्रहरू ‘मुभी डटकम’ वेबसाइटमा प्रदर्शन भएका थिए। महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, फिचरलगायत सबै विधाका चलचित्रहरू प्रर्दशन गरिएका थिए। महोत्सवको सहआयोजक राष्ट्रिय मानवअधिकार आयोग र नेपालका लागि क्यानडाको राजदूतावास रहेको थियो। 

यस्तै, महोत्सवका लागि युरोपियन युनियन, आइओएम, आइसिजे, प्लान इन्टरनेसनल, मोबाइल आर्ट फर पिसले सहयोग गरेका थिए। चलचित्र विकास बोर्ड र मानवअधिकार चलचित्र सञ्जालले महोत्सवलाई प्रवर्धन गरेका थिए।