मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Thursday, 10 July, 2025
अमुल थापा काठमाडौं
२o७८ मङ्सिर ९ बिहीबार १४:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म न्याय-मार्चपास (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १४:५४:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन माग गर्दै नेपाल बार, बृहत् नागरिक आन्दोलनसहित शान्ति र लोकतन्त्रका लागि पेसागत महासंघसम्बद्ध संस्थाहरूको अगुवाइमा सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीनिवास बालुवाटारसम्म ‘न्याय-मार्च’ सुरु भएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नागरिक समाजसहित विभिन्न पेसागत संगठनले बिहीबार सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीनिवास बालुवाटारसम्मको ‘मार्चपास’ सुरु भएको छ। बार एसोसिएसन, पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी–जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले संयुक्त मार्चपास गरेका हुन्। दिउँसो २ बजे सुरु हुने मार्चपासलाई ‘बालुवाटार न्यायमार्च’ नाम दिइएको छ। जबराको राजीनामा माग्दै बार एक महिनादेखि आन्दोलनमा छ।