१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार ०६:४५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मोबाइल बैंकिङका लागि ग्लोबल आइएमईका ग्राहकलाई निःशुल्क इन्टरनेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार ०६:४५:००

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमई बैंकले यसका लागि नेपाल टेलिकमसँग समझदारी गरेको छ । 

यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकलाई उपलब्ध हुने जनाइएको छ । बैंकले आफ्ना ग्राहकलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्‍याउने उद्देश्यका साथ योजना ल्याएको जनाएको छ ।

यो सुविधा प्रदान गर्नका लागि नेपाल टेलिकमसँग भएको समझदारीमा बैंककी बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता सिवाकोटी र टेलिकमकी प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन् । बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजना ल्याई आफ्ना ग्राहकलाई विस्तारित बैंकिङका साथसाथै अन्य सेवा प्रदान गर्दै आएको जनाएको छ ।