१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार ०७:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालले थप शान्ति सैनिक पठाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ८ बुधबार ०७:२६:००

नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) र सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा थप शान्ति सैनिक पठाउने भएको छ । कारमा जाने गण र सुडान जाने गुल्मस्तरीय टोली पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तयारी अवस्थामा छ ।

मिसनमा टोली जानुपूर्व (प्रि–डप्लोयमेन्ट) तालिम निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक कार्यालय न्युयोर्कको ६ सदस्यीय टोली सोमबार काठमाडौं आइपुगेको छ । सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौड्यालका अनुसार कारमा प्रमुख सेनानीको नेतृत्वमा चार सय ५० जनाको गणस्तरीय टोली मिसनमा जान तयारी अवस्थामा छ । यसलाई लाइट इन्फेन्ट्री बटालियन भनिएको छ ।

सुडानको आबेइस्थित राष्ट्रसंघीय मिसनमा ‘फोर्स हेडक्वार्टर सपोर्ट कम्पनी’का रूपमा ७७ जना जाने तयारी अवस्थामा छन् । राष्ट्रसंघीय टोली १० मंसिरमा फर्केर स्वीकृति दिएसँगै दुई महिनाभित्र नेपाली सैनिक परिचालित हुनेछन् ।