१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ६ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ६ सोमबार १८:१६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दुईदिने फिल्म फेस्टिभल गर्दै अस्कर कलेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ६ सोमबार १८:१६:oo

नेपालमा फिल्म पढाउने पहिलो कलेजको रूपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिन फिल्म फेस्टिभल गर्ने भएको छ। कलेजले आउँदो मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फिल्म फेस्टिभल गर्न लागेको हो।

कलेजका प्रिन्सिपल रामराजा दाहालले अस्कर कलेजले केही वर्षअघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले आउँदो शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको जनाएका छन्। ‘गत साल पनि हामीले महामारीकै बीचमा भर्चुअल माध्यममा भए पनि फेस्टिभल गरेका थियौँ। महामारीका कारण मृत प्रायः रहेको उद्योगलाई गतिशील बनाउन यो फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको प्रतिक्रिया पाएका थियौँ,’ उनले भने, ‘त्यही प्रतिक्रियाले उत्साहित भएर यो सालमा पनि निरन्तरता दिएका हौँ।’

दाहालका अनुसार फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका फिल्मसँगै विश्वका प्रतिष्ठित फेस्टिभलमा छानिएका फिल्म पनि देखाइनेछ। कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने फिल्म पनि विश्वका धेरै फेस्टिभलमा छानिएका उनले बताए। नियमित फिल्म प्रदर्शनसँगै फेस्टिभलमा नेपाली सिनेमासम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रूपमा चल्नेछ। छलफलका विषय र सहभागी केही दिनमै टुंगो गरेर सार्वजनिक गर्ने दाहालले बताए।