१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश अधिवेशन : दाङमा पौडेल पक्ष बलियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:११:oo

दाङमा नेपाली कांग्रेसको स्थानीय तहको नेतृत्वमा देउवा र पौडेल समूहले बराबर जित हात पारे पनि प्रदेश सभाको निर्वाचनमा भने पौडेल समूह हाबी भएको छ।  १४औँ अधिवेशनअन्तर्गत दाङमा पौडेल समूहले ५ वटा प्रदेश सभाका क्षेत्रीय सभापतिमा जित हात पार्न सफल भएको छ।  दाङमा ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये एउटा क्षेत्रमा मात्रै सभापति देउवा पक्षले जित हात पार्न सफल भएको छ। दाङ क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ बाट विजयी भएका प्रकाश श्रेष्ठ मात्रै देउवा समूहका हुन्। 

दाङ निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ मा निर्वाचित  श्रीपद चौधरी र ‘ख’मा निर्वाचित दिनेश गिरी, क्षेत्र नं.२ ‘ख’ मा निर्वाचित अभियान बस्नेत, क्षेत्र नं. ३(क) मा निर्वाचित देवेन्द्र रिजाल र ‘ख’ मा निर्वाचित खिमबहादुर वली पौडेल समूहका हुन्। 

दाङ क्षेत्र नं. २ को ‘ख’ मा पनि केही पद देउवा समूहले जितेका छन् भने ३ को ‘क’ को सचिवमा देउवा समूहले जितेको छ। अन्य प्रदेश सभा क्षेत्रमा भने प्यानलले नै जित हात पारेका छन्। 

स्थानीय तहमा भने देउवा समूह र पौडेल समूहले ५–५ स्थानीय तहमा विजयी भएका थिए। 
 

ad
ad