मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Thursday, 13 August, 2026
२o७८ मङ्सिर ३ शुक्रबार १७:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तुवाँलो र प्रदूषणले धुमिल काठमाडौं (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार १७:३५:oo

मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औसतभन्दा कम देखिएको छ। आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा घाम लागेन। काठमाडौंको आकाश दिनभरि नै तुवाँलोले ढाक्यो। चिसोसँगै काठमाडौं उपत्यकामा प्रदूषणसमेत बढेको छ। 

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार लामो समयदेखि वर्षा नभएको र हावा पनि उच्च बहावमा नचलेकाले वायुमण्डलमा प्रदूषक कणहरू थिग्रिएर बसेकाले प्रदूषण बढेको हो। चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्न सक्ने हुँदा सावधानी अपनाउन विभागले सुझाब दिएको छ।

धरहराबाट देखिएको काठमाडौंको दृश्यहरू :