१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिंजा सभ्यता संरक्षण विधेयकमाथि सुझाब संकलन गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:४६:oo

कर्णाली प्रदेशमा दर्ता भएको ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक’माथि सुझाब संकलन गरिने भएको छ। प्रदेश सभामा पहिलो पटक दर्ता भएको गैरसरकारी विद्येयक ‘सिंजा सभ्यता संरक्षण तथा विकास विद्येयक’माथि कार्तिक २८ गते कनकासुन्दरी गाउँपालिका–४ लामाथाँडामा सुझाब संकलन गर्न थालिएको हो।  

कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा सांसद नरेश भण्डारी र सांसद पदम रोकायाले गएको असोज १० गते प्रदेशसभामा ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता गरेका थिए।
उक्त विधेयकलाई पूर्णता दिनका लागि आइतबार कनकासुन्दरी गाउँपालिकामा सुझाब संकलन कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।  
सुझाब संकलन कार्यक्रमममा प्रदेश सभा संसदीय टोलीसहित सिंजा सभ्यताका जानकार व्यक्ति, आठै स्थानीय तहका जनप्रतिनिधि, बृद्धिजिवि, राजनीतिक दल, संचारकर्मीलगायतका सरोकारवालाको सहभागिता रहने अध्यक्ष शाहीले जानकारी दिए। विद्येयक माथि सुझाब संकलन कार्यक्रमको समन्वय तथा पत्राचार गर्ने जिम्मा पत्रकार महासंघ जुम्लालाई दिइएको छ।

कनकासुन्दरी–४ लामाथाँडामा आइतबार विहान साढे १० बजेदेखि सुझाब संकलन कार्यक्रम शुरु हुने भएको छ। सिंजा सभ्यताको संरक्षण तथा विकासका लागि विद्येयकमा उल्लेख भएका विभिन्न बुँदामाथि छलफल तथा छुटेका विषयवस्तु समेट्ने गरी सुझाब संकलन हुनेछ ।

नेपाली भाषाको उद्गम स्थल सिंजाको विरासतलाई जोगाउन सिंजा सभ्यता संरक्षण तथा विकास विद्येयक कोशेढुङ्गा सावित हुने पुर्व मन्त्री नरेश भण्डारीको भनाइ छ। विधेयकले खस संस्कृतिको संरक्षण, ऐतिहासिक विषयमाथिको छलफल, सिंजा सभ्यताको प्रचारप्रसार तथा ऐतिहासिक पर्यटकिय गन्तव्य बनाउन समेत विद्येयकले महत्व भुमिका खेल्ने बताइएको छ। 

ad
ad