१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

उपमेयर कप राष्ट्रिय लिग : धनगढी र ललितपुर छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:२२:oo

धनगढी उपमहानगरपालिका कैलाली र ललितपुर महानगर पालिका उपमेयर कप राष्ट्रिय लिग २०७८ को लागि छनोट भएका छन् । शुक्रबार भएको छनोट प्रतियोगिताको सेमिफाइनलमा गौरीगंगा नगरपालिका कैलालीलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो ।

यो नतिजासँगै धनगढी राष्ट्रिय लिगलाई छनोट भएको हो । यसैगरी ललितपुरले कन्काई नगरपालिका झापालाई १–० ले हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको छ । फाइनल पुगेसँगै ललितपुर पनि राष्ट्रिय लिग फुटबल प्रतियोगितामा छनोट भयो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा धनगढीको जितमा सीमा रावत, चन्दा भण्डारी, रेविका पाण्डे र सरस्वती रोकायाले एक–एक गोल गरेका थिए । खेलको आठौँ मिनेटमा सीमा रावतले धनगढीलाई १–० को अग्रता दिलाइन् । खेलको ४६औँ मिनेटमा रेविकाले धनगढीलाई २–० को स्थितिमा राखिन् । खेलको ६९औँ मिनेटमा रेविकाले गोल गर्दै धनगढीलाई ३–० ले अघि बढाइन् । खेलको ८८औँ मिनेटमा सरस्वतीले धनगढीको जित ४–० ले पक्का पारिन् ।

अर्को खेलमा ललितपुरलाई जित दिलाउन क्रममा कप्तान निर्मला विकले एक मात्र गोल गरिन् । उनले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भएको थियो । प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको थियो । 

ad
ad