मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
 तस्बिर : नरजन तामाङ/नयाँ पत्रिका
२०७८ कार्तिक २७ शनिबार ०८:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिमकोट विमानस्थलमा विद्यार्थीको बिलौना :  टिकट पाइएन, परीक्षा नै छुट्ने भो

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २७ शनिबार ०८:१२:००

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका लागि यातायातको निर्विकल्प साधन हो हवाईजहाज । तर, सर्वसाधारणलाई जहाजको टिकट पाउन सधैँ सास्ती हुने गरेको छ । दसैँ–तिहार मनाउन घर आएका खार्पुनाथ गाउँपालिका– १ का विष्णु रावल जहाजको टिकटका लागि धाएको दुई साता भयो ।

तर, अझै टिकट नपाएपछि परीक्षा नै छुट्ने हो कि भनेर छटपटी बढेको छ । रावलले जिल्ला प्रशासन कार्यालयको सिफारिस र क्याम्पसको परीक्षा तालिकासहित विमानस्थल धाउँदा पनि टिकट नपाएको गुनासो गरे । ‘१ मंसिरदेखि परीक्षा छ । बिहान ४ बजे नै आएर लाइनमा बस्दा पनि टिकट पाइँदैन । भित्रभित्रै पहुँचवालाले भने पाउँदा रहेछन्,’ रावलले गुनासो गरे, 

‘होटेलमा बस्दा र खाँदा जहाज भाडा तिर्न ल्याएको पैसा मात्रै सकिएन, परीक्षा नै छुट्ने भयो ।’ सिमकोट गाउँपालिका– ७ का जसबहादुर शाही पनि छोरालाई नेपालगन्ज पठाउन जहाज टिकटका लागि दौडधुप गरेको पाँच दिन भयो । तर, टिकट पाएका छैनन् । सिमकोटमा हाल समिट र तारा एयरले मात्रै उडान भरिरहेका छन् । प्राविधिक समस्या आएको भन्दै सीता एयरको उडान बन्द छ । उडान कम भएसँगै सयौँ विद्यार्थी सिमकोट विमानस्थलमै अलपत्र छन् ।