१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Friday, 09 May, 2025
एजेन्सी मुम्बई
२o७८ कार्तिक २६ शुक्रबार १७:३९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

भारत २०१४ मा स्वतन्त्र भएको भनेपछि कंगना विवादमा, पद्मश्री फिर्ता गर्न माग

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
२o७८ कार्तिक २६ शुक्रबार १७:३९:oo

कंगना रनौत भारतीय सञ्चारमाध्यमका लागि ‘मसला’को विषय बन्दै आएकी छिन्। उनका अभिव्यक्तिहरूका कारण उनी सामाजिक सञ्जालहरूमा बारम्बार ट्रोल हुँदै आएकी छिन्।

पछिल्लो अभिव्यक्तिले भने कंगना ठूलो समस्यामा पर्ने देखिएको छ। सामाजिक सञ्जालमा उनीबाट पद्मश्री फिर्ता गरी कारबाही गर्नुपर्ने आवाज उठिरहेको छ। एक टेलिभिजनको वार्षिक कार्यक्रममा उनले भारतीय स्वतन्त्रता संग्रामको विषयमा दिएको अभिव्यक्तिपछि कंगना पुनः विवादमा तानिएकी हुन्।

स्वतन्त्रता सेनानीहरूका बारेमा उनले भनेकी थिइन्, ‘यी मानिसहरुलाई थाहा थियो रगत बग्छ, तर यो हिन्दुस्तानी रगत हुनुहुँदैन। उनीहरूलाई थाहा थियो । निःसन्देश उनीहरुलाई इनाम दिनुपर्छ। त्यो स्वतन्त्रता थिएन, भिख थियो। हामीले वास्तविक स्वतन्त्रता २०१४ मा पायौँ।’

यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ‘कंगना पद्यमश्री फिर्ता गर’ भन्ने ह्यासट्याग ट्रेन्डिङ भएको छ। भाजपा नेता तथा लोकसभा सदस्य वरुण गान्धीले कंगनाको सोचलाई पागलपन या देशद्रोहमध्ये एक भएको प्रतिक्रिया दिएका छन्।


यसैगरी राष्ट्रिय महिला कांग्रेसकी कार्यकारी अध्यक्ष नेटा डिसुजाले राष्ट्रपति रामनाथ कोविन्दलाई चिठी लेख्दै उनको पद्मश्री फिर्ता लिनुपर्ने माग गरेकी छिन्। कंगनाले स्वतन्त्रता सेनानीहरूको अपमान गरेको र स्वतन्त्रता आन्दोलनको मजाक उडाएको चिठीमा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आम आदमी पार्टीले पनि कंगनाविरुद्ध एफआइआर दर्ता गर्न माग गरेको छ।