१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका संयुक्त राष्ट्रसङघ
२o८२ बैशाख २६ शुक्रबार १५:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीन–अमेरिका वार्ता कुशल व्यापार सम्बन्धतर्फ अघि बढ्ने राष्ट्रसंघको विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संयुक्त राष्ट्रसङघ
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १५:३७:oo

स्विट्जरल्यान्डमा हुने चीन र संयुक्त राज्य अमेरिकाबिचको वार्ताले दुई देशको कुशल र प्रभावकारी व्यापार सम्बन्धतर्फ अघि बढ्न मद्दत गर्नेमा संयुक्त राष्ट्रसंघ आशावादी रहेको राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले बताएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका उपप्रवक्ता फरहान हकले नियमित पत्रकार सम्मेलनमा भने, ‘हामी आशा गर्छौँ, वार्ताले अमेरिका र चीनको व्यापार सम्बन्धमा थप सहजता र सरलतातर्फ अघि बढ्न मद्दत गर्नेछ ।’

संयुक्त राष्ट्रसंघका प्रमुख ‘विश्वव्यापी युद्धले विकासशील देशलाई असर गर्न सक्छ भन्ने विषयमा चिन्तित रहेकाले त्यसबाट बच्नका लागि कुनै पनि प्रयास स्वागतयोग्य हुने’ हकले बताए ।

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा उपप्रधानमन्त्री हे लाइफेङले मे ९ देखि १२ सम्म स्विट्जरल्यान्डको भ्रमण गर्न कार्यक्रम तय भएको जनाइएको छ । स्विट्जरल्यान्डको भ्रमणको क्रममा उनले चीन–अमेरिका आर्थिक तथा व्यापार मामिलाका लागि चिनियाँ प्रतिनिधिको रूपमा अमेरिकी प्रतिनिधि स्कट बेसेन्टसँग भेटवार्ता गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गरेका छन् । रासस