१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ कार्तिक २५ बिहीबार १६:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमेश्वरको प्रवेशद्वारमा राखिएका दुई मूर्ति चोरी

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २५ बिहीबार १६:००:००

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसरमा प्रवेश गर्ने द्वारमा राखिएको सरस्वतीको मूर्ति चोरी भएको छ। भीमेश्वर मन्दिर परिसर प्रवेश गर्ने द्वारको खोपामा राखिएको सरस्वतीको दुई मूर्ति गएराति चोरी भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए।

गएराति करिब १२ बजेको समयमा नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृश्य सिसिटिभीमा कैद भएको र त्यसबारे अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए।

नियमित पूजा गर्ने क्रममा मन्दिरमा सरस्वतीको मूर्ति नदेखेपछि पुजारीले स्थानीयवासीलाई खबर गरेका थिए। वि.सं. २०५२ मा मन्दिर जीर्णाेद्धारको वेला राखिएका उक्त मूर्ति चोरी भएका अध्यक्ष श्रेष्ठले बताए।