१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ चैत ५ आइतबार ०९:०६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चापागाउँबाट बुद्धको मूर्ति चोरी

Read Time : < 1 मिनेट
२०७९ चैत ५ आइतबार ०९:०६:००

ललितपुरको चापागाउँबाट बुद्धको मूर्ति चोरी भएको छ । करिब तीन सय ५० वर्ष पुरानो उक्त मूर्ति २९ फागुनमा चापागाउँको इलाछेंमा रहेको स्तूपाबाट हराएको हो ।

मूर्ति हराएपछि स्थानीयवासीले प्रहरी प्रशासन गुहारेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्तको प्रहरी टोलीले मूर्ति खोजी गरे पनि फेला नपरेको जनाएको छ । रातको समयमा मूर्ति हराएको र सिसिटिभी फुटेजमा समेत नदेखिएको ललितपुर प्रहरीले जनाएको छ । पुरातात्विक महत्वको उक्त मूर्ति हराएपछि नेपाल प्रहरीले मातहत र इन्टरपोल शाखालाई जानकारी गराएको छ ।

सर्वत्र खोजी गरे पनि हालसम्म फेला नपरेको चापागाउँ वृत्तका प्रमुख कृष्ण चन्दले जानकारी दिए । ‘यद्यपि, खोजी जारी छ,’ हामीले सम्भावित क्षेत्र सबैतिर प्रहरी परिचालन गरिसकेका छौँ,’ उनले भने । 

सम्पदापे्रमी यादवलाल कायस्थले मूर्ति चोरी हुने क्रम बढेकाले प्रशासनले चासो दिनुपर्ने बताए । उनले भने, ‘चोरी भएका धेरै मूर्तिहरू विदेशमा पु¥याइएको फेला परेको छ । अब पुरातात्विक महत्वको मूर्ति जोगाउन स्थानीय र प्रशासनको चासो हुनुपर्छ ।’

मूर्ति तीन सय वर्ष पुरानो 
हराएको मूर्ति करिब तीन सय वर्ष पुरानो हो । यसअघि ललितपुुरको चापागाउँबाट बालकुमारीको मूर्तिसमेत हराएको थियो । स्थानीयवासीको दबाबमा प्रहरी प्रशासनले खोजी तीव्र पारेपछि उक्त मूर्ति खुमलटारमा फेला परेको थियो । हालसम्म प्रहरीले उक्त मूर्ति चोरी गर्नेलाई समेत पक्राउ गर्न सकेको छैन ।