
जिल्ला प्रहरी कार्यालय डोल्पाले चार वर्षदेखि फरार पुरातात्विक मूर्ति चोरी मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।
काइके गाउँपालिका– ७ बस्ने २९ वर्षका अजत भन्ने धनेश विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । फरार विकलाई पुरातात्विक मूर्ति चोरी मुद्दामा डोल्पा जिल्ला अदालतको ०७५ वैशाख ३ गतेको फैसलाले एक लाख जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको थियो ।
विकलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सहरताराबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान गाउँबाटै पक्राउ गरी आइतबार जिल्ला अदालतमा बुझाएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए ।