१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २५ बिहीबार
  • Friday, 09 May, 2025
तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २५ बिहीबार १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारीको विवरण संकलन गर्दै सुरु भयो ‘राष्ट्रिय जनगणना २०७८’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २५ बिहीबार १२:१८:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’को औपचारिक सुरवात गरेकी छिन्। बिहीबार बिहान शीतलनिवासमा पुगेका गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’को औपचारिक सुरुवात गरेकी हुन्।

आजबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२औँ राष्ट्रिय जनगणना सुरु भएको हो। केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधबार बिहान राष्ट्रपति निवासमा पुगेकाे थियाे।

जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरू समावेश गरिएको छ।  ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि सुरु भएको जनगणना मंसिर ९ गते सकिनेछ। देशभरको जनगणना गर्न ४० हजार गणक र आठ हजार पाँच सय सुपरिवेक्षक खटाइएको छ।