मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी मुम्बई
२०७८ कार्तिक २३ मंगलबार ११:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

रजनीकान्तको ‘अन्नाथे’ले चार दिनमा कमायो १७४ करोड

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
२०७८ कार्तिक २३ मंगलबार ११:४४:००

कलिउड सुपरस्टार रजनीकान्त अभिनीत नयाँ फिल्म ‘अन्नाथे’ले रिलिजको चौथो दिनसम्म एक सय ७४ करोड भारु कमाएको छ। दिवाली विकेन्डका कारण फिल्मलाई निकै फाइदा पुगेको बताइएको छ।

फिल्म हेर्नका लागि मानिसहरू हलसम्म पुगिरहेका छन्। फिल्म ट्रेड एनालिस्ट त्रिनाथलाई उद्धृत गर्दै फिल्मले तमिलनाडुमा निकै राम्रो व्यापार गरिरहेकोे भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै ‘अन्नाथे’ १०० करोडको आँकडा पार गर्ने रजनीकान्तको ९औँ फिल्म बनेको छ। फिल्मले रिलिजको पहिलो दिनमा नै ७० करोड भारुको व्यापार गरेको थियो।

शिवाले निर्देशन गरेकाे यस फिल्ममा रजनीकान्तका अलावा कीर्ति सुरेश, खुसबु सुन्दर, मीना, जगपथी बाबुलगायतले मुख्य भूमिका निर्वाह गरेका छन्। फिल्मलाई पेद्दन्ना नाम दिएर तेलगु भाषामा पनि रिलिज गरिएको छ।