Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २३ मंगलबार ०८:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

झलनाथ खनाल पार्टी काममा सक्रिय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २३ मंगलबार ०८:०२:००

२७ कात्तिकमा नेकपा एसको केन्द्रीय कमिटी बैठक 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल साढे चार महिनापछि पार्टी काममा सक्रिय भएका छन् । पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा सोमबार दिउँसो आफ्नै अध्यक्षतामा विदेश विभागको पहिलो बैठक राखेर खनाल पार्टी काममा पुनः सक्रिय भएका हुन् ।

त्यसक्रममा खनालले विभागका सदस्यहरूसँग आगामी कामबारे छलफल गर्नुका साथै पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिएको उपमहासचिव तथा प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले बताए । 

गत २० साउनमा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरूको सल्लाहमा उनी घरमै आराम गरेर बसेका थिए । मिर्गौला उपचारका क्रममा सुरुमा काठमाडौंस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरूको रायका आधारमा थप उपचारका निम्ति २ असारमा खनाल दिल्लीस्थित एपोलो अस्पताल गएका थिए ।

मिर्गौला प्रत्यारोपणपछि उनी दिल्लीबाट १४ भदौमा स्वदेश फर्किएका थिए । चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधिभर उनी कुनै पनि कार्यक्रममा उपस्थित भएनन् । अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा खनाल नजाने, तर पार्टीका आन्तरिक गतिविधिमा भने सहभागी हुने खतिवडाले जानकारी दिए । पार्टी गठनपछि एउटा सचिवालय बैठकमा मात्र उपस्थित भएका खनाल पहिलोपटक कार्यालय आएका हुन् । एकीकृत समाजवादीले २७ र २८ कात्तिकमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।